Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

लालीगुराँस बचत सहकारीका पूर्वव्यवस्थापक विष्णुबहादुर बमरेल पक्राउ

लालीगुराँस बचत सहकारीका पूर्वव्यवस्थापक विष्णुबहादुर बमरेल पक्राउ

  •  

    तानसेन ।  लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका पूर्वव्यवस्थापक विष्णुबहादुर बमरेललाई सहकारी ठगी कसुरमा पक्राउ गरिएको छ। प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, बमरेलमाथि रु २ करोड ८७ लाख ५७ हजार रकम अपचलन गरेको आरोप छ।

    अनुसन्धान अनुसार, कार्यकारी प्रमुख तथा व्यवस्थापकको जिम्मेवारीमा रहँदै उनले सर्वसाधारण शेयर सदस्यहरूले बचत गरेको रकम गैरकानुनी रूपमा आफ्नो व्यक्तिगत र पारिवारिक प्रयोजनमा खर्च गरेका थिए। यस विषयमा जाहेरी दर्ता भएपछि बमरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    बमरेललाई रकम अपचलनको आरोप लागेपछि २०८१ माघ २६ गते नै व्यवस्थापक पदबाट हटाइएको थियो। सहकारीका अध्यक्ष सुवि विश्वकर्माका अनुसार, रकम गुमेको पुष्टि भएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको हो।

    रम्भा गाउँपालिका–४ मा प्रधान कार्यालय रहेको यस सहकारीमा करिब ३,५०० शेयर सदस्य छन्। बमरेलले विभिन्न व्यक्तिका नाममा रकम निकासी गरेको आरोप छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij