Logo

Aug 14 2025 | २०८२, साउन २९गते

Aug 14 2025 | २०८२, साउन २९गते

images

इनड्राइभको “राइड मोर, विन मोर” योजना १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

इनड्राइभको “राइड मोर, विन मोर” योजना १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

  • काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि रोमाञ्चक अफर “राइड मोर, विन मोर” योजना ल्याएको छ । यस विशेष अफर अन्तर्गत, प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी , राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् ।
    साउन २७ गतेदेखि भदौ १४ गते (अगस्ट १२ देखि अगस्ट ३०, २०२५) सम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुहरूका लागि उत्साहजनक पुरस्कार जित्ने असीमित मौकाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । 
    ● ३ वटा राइड– १ टिकट
     (नो लिमिट–जति धेरै राइड त्यति नै धेरै जित्ने मौका र अवसर)
    पुरस्कारहरूः
    ● १० ओटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कूटर
    ● ३० ओटा अल्टिमा वाच सर्कल स्मार्टवाच
    इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्, ‘इनड्राइभमा, हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गर्छौं । यही हाम्रो प्लेटफर्मको विशेषता हो—स्वतन्त्रता, निष्पक्षता र पारदर्शिता । ‘राइड मोर, विन मोर’ हाम्रो प्रिय प्रयोगकर्ताहरूले हामीमाथि देखाएको विश्वासको लागि धन्यवाद दिने एक विशेष पहल हो । यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौ । जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ ।
    यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताहरूका लागि खुला गरिएको छ । सहभागी हुनको लागि, प्रतियोगिता अवधिभर इनड्राइभ एप मार्फत आफ्नो राइड बुक गर्नुपर्ने जनाइएको छ ।
    योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएकाहरुमध्येका विजेताहरूको नाम भदौ २० गते (सेप्टेम्बर ५, २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिनेछ ।
    थप विवरण र आगामी अपडेटहरूका लागि इनड्राइभ नेपालको सामाजिक सञ्जालहरूमा फलो गर्न आग्रह गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij