Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

शिखर इन्स्योरेन्स लिमिटेड: खुद नाफा सामान्य वृद्धि, बीमाशुल्क ३१.९१% ले बढ्यो

शिखर इन्स्योरेन्स लिमिटेड: खुद नाफा सामान्य वृद्धि, बीमाशुल्क ३१.९१% ले बढ्यो

  • काठमाडौँ ।शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाफा ४४ करोड ५३ लाख रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ३१.९१ प्रतिशतले बढेको छ भने कुल आम्दानी ११.७५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, यस अवधिमा खुद दाबी भुक्तानी २१.९५ प्रतिशत र कुल खर्च १४.७२ प्रतिशतले बढेको छ।

    नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। समीक्षा अवधिमा EPS १ रुपैयाँ २९ पैसा घटेर १५ रुपैयाँ ४९ पैसा मात्र रहेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४९.९५ गुणा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ।

    शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। कम्पनीको विशेष जगेडा कोष १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ती कोष १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग २१ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटी ६० करोड ६६ लाख रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij