Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

दार्चुला पावरले ३० लाख कित्ता साधारण सेयर आइपिओ जारी गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

दार्चुला पावरले ३० लाख कित्ता साधारण सेयर आइपिओ जारी गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  •  

    काठमाडौँ।दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको ३० लाख कित्ता सेयर प्रतिकित्ता रु.१०० अंकित दरमा निष्काशन गर्ने योजना बनाएको हो।

    आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडका अध्यक्ष सतिस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    दार्चुला पावर लिमिटेड जलविद्युत आयोजना विकास तथा सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो। कम्पनी हाल २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्दैछ, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेशमा अवस्थित छ। चमेलिया खोलामा आधारित यो आयोजना रन–अफ–रिभर प्रकारको हो।

    कम्पनीले आयोजनाको निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाइरहेको र आगामी डेढ वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति गर्ने लक्ष्य लिएको जानकारी दिएको छ।

    यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेड प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता रहेको छ। अपि पावर, नेपालकै विद्युत क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक हो, जसले राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन र आपूर्ति गर्ने व्यवसायलाई प्राथमिकता दिएको छ। दार्चुला पावर लिमिटेडमा पनि उक्त कम्पनीको प्रमुख सेयर स्वामित्व रहनेछ र आवश्यक स्वपूँजी लगानी गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij