Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

विपिनको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ : प्रधानमन्त्री ओली

विपिनको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ : प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइ सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।

    आज बिहान जारी वक्तव्यमा प्रधानमन्त्री ओलीले बिपिन जोशीका परिवारको साथमा सरकार रहेको जनाउँदै उनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहल भइरहेको जानकारी दिएका छन्। उनले परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको उल्लेख गरे।

    प्रधानमन्त्री ओलीले यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान (चैत ७ गते) र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिल (फागुन २८ गते) सँग फोन संवाद गरी यस विषयमा ध्यानाकर्षण गराइसकेको जानकारी पनि दिएका छन्।

    यस्तै, बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति आइजाक हेर्जोग (H.E. Mr. Isaac Herzog) र संसद अध्यक्ष अमिर ओहाना (H.E. Mr. Amir Ohana) सँग भेटेर जोशीको शीघ्र रिहाइका लागि आग्रह गरेको उनले बताए।

    प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गर्दै बिपिनको सुरक्षित रिहाइका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij