Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

सर्वोत्तम सिमेन्टको नाफा ५७२ प्रतिशतले बढ्दै १ अर्ब ४५ करोड नाघ्यो

सर्वोत्तम सिमेन्टको नाफा ५७२ प्रतिशतले बढ्दै १ अर्ब ४५ करोड नाघ्यो

  • काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ५७२।५२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो।

    गत वर्ष कम्पनीले सञ्चालनबाट ९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने अन्य आम्दानी १६ करोड १९ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अन्य आम्दानी अघिल्लो वर्षको तुलनामा २१८ प्रतिशतले बढेको हो। यद्यपि, कम्पनीको कुल खर्च पनि अघिल्लो वर्षभन्दा ५४।३८ प्रतिशतले बढ्दै ९४ करोड ८१ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

    वर्तमान अवस्थामा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ भने अदर इक्वीटी ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कुल सम्पत्ति १५ अर्ब २ करोड रुपैयाँभन्दा बढी र कुल दायित्व ४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ १९ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij