
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले मंगलबार बिहानै देखि आआफ्ना दलको बैठकमा व्यस्त भएका छन् । नेपाली कांग्रेसको पदाधिकारीको बैठक पछि संसदीय दलको बैठक बोलाइएको छ । बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आयोजित पदाधिकारी बैठक पछि सांसदहरूलाई सिंहदरबार बोलाइएको छ ।
कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।
यसैगरी सरकारको अगुवाइ गर्ने एमालेले आकस्मिकरूपमा संसदीय बैठक बोलाएको छ । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा नखुलाए पनि साढे दश बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी सार्वजनिक गरेका हुन् । प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्न अघि एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij