Logo

Aug 19 2025 | २०८२, भदौ ३गते

Aug 19 2025 | २०८२, भदौ ३गते

images

मंगलबार सुनको मूल्य घटेर तोलाको १ लाख ९५ हजार १०० रुपैयाँ कायम

मंगलबार सुनको मूल्य घटेर तोलाको १ लाख ९५ हजार १०० रुपैयाँ कायम

  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेर तोलाको १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो । 

    घटेअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

    यसैगरी  चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जारी गरेको सूचनामा जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij