Logo

Aug 19 2025 | २०८२, भदौ ३गते

Aug 19 2025 | २०८२, भदौ ३गते

images

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

  • खलङ्गा (दार्चुला)। सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

    राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन खलङ्गाबाट उपकरण मगाएइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij