Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

आर्थिक दैनिकलाई अख्तियारले समाचारको स्रोत मागेपछि पत्रकार महासंघलगायतको आपत्ति

आर्थिक दैनिकलाई अख्तियारले समाचारको स्रोत मागेपछि पत्रकार महासंघलगायतको आपत्ति

  • काठमाडौँ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेन्टरलगायतका सञ्चार सम्बद्ध संघसंस्थाहरूले   अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा  आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत माग गरिएको  घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

    असार ११ गते प्रकाशित “सामान्य प्रशासन मन्त्री गुप्ता लाखौंको घूस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी” शीर्षकको समाचारसँग सम्बन्धित अडियो र साउन १८ गते प्रकाशित “७० लाख घूस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण” भन्ने समाचारको स्रोत उपलब्ध गराउन आयोगले पत्राचार गरेपछि महासंघलगायतका संघसंस्थाहरूले आपत्ति प्रकट गरेका हुन् ।

    महासंघले पत्रकारिताको मूलभूत सिद्धान्त र अचारसंहिताले समाचार स्रोतको गोपनीयता सुनिश्चित गरेको उल्लेख गर्दै आयोगको कदम संविधान र प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रकाशित समाचारप्रति असहमति भए कानूनी बाटो अपनाउन सकिने हुँदा समाचार स्रोत माग्नु असंवैधानिक मात्र नभई प्रेस स्वतन्त्रतामाथि आक्रमण हो।” महासंघले आयोगलाई तत्कालतः पत्र फिर्ता लिन र कानूनी प्रक्रियामा फर्किन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij