
काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव बज्राचार्यले मन्त्री यादवसँग कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नुभएको हो । सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादन छिटो र प्रभावकारी बनाउन निर्देशनसमेत दिनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij