Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

अमेरिकन राजदूतले बिपिन जोशीका परिवारसँग भेट, बन्दीहरूको तत्काल रिहाइको माग

अमेरिकन राजदूतले बिपिन जोशीका परिवारसँग भेट, बन्दीहरूको तत्काल रिहाइको माग

  • काठमाडौँ । इजरायलस्थित संयुक्त राज्य अमेरिकाका राजदूत माइक हकाबीले अपहरित विद्यार्थी बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्।

    भेटका क्रममा उनले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै गाजामा हमासको नियन्त्रणमा रहेका सबै बन्दीहरूको तत्काल रिहाइका लागि दबाब बढाउनुपर्ने बताएका छन्।

    राजदूत हकाबीले भने, “हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं।”

    कृषि अध्ययनका लागि इजरायल पुगेका बिपिन जोशी अझै गाजामा बन्धक अवस्थामा छन्। उनको घटनाले निर्दोष नागरिकहरूले भोगिरहेको पीडा र अन्यायलाई उजागर गरेको बताइएको छ।

    यस भेटमार्फत अन्तर्राष्ट्रिय समुदायमा अपहरित सबैलाई सुरक्षित र शीघ्र मुक्त गराउनुपर्ने माग पुनः बलियोसँग उठाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij