Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे, प्रधानमन्त्री ओलीको प्रश्नोत्तर र संशोधन विधेयकहरू प्रस्तुत हुने

प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे, प्रधानमन्त्री ओलीको प्रश्नोत्तर र संशोधन विधेयकहरू प्रस्तुत हुने

  • काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

    त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

    बैठकमा साथै ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनुपर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij