Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

दक्षिण अमेरिका र अन्टार्टिकाको ड्रेक प्यासेजमा ७.५ तीव्रताको भूकम्प

दक्षिण अमेरिका र अन्टार्टिकाको ड्रेक प्यासेजमा ७.५ तीव्रताको भूकम्प

  • काठमाडौं । दक्षिण अमेरिका र अन्टार्टिकाको बीचमा पर्ने ड्रेक प्यासेज क्षेत्रमा बिहीबार ७.५ तीव्रताको भूकम्प गएको छ। यति ठूलो भूकम्पपछि पनि सुनामीको कुनै खतरा नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ।

    भूकम्पको धक्का ७०० किमी भन्दा टाढा अर्जेन्टिनाको उशुआइआसम्म महसुस भएको बताइएको छ। यसअघि चिलीको नेभी हाइड्रोग्राफिक सर्भिसले आफ्नो अन्टार्टिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो।

    यही क्षेत्रमा यसअघि पनि गत मे महिनामा ७.५ तीव्रताको भूकम्प गएको इतिहास रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij