Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

नाडा अटो शोमा बिवाइडीका नयाँ तीन ब्रान्डका इभी गाडी सार्वजनिक, मूल्य २८ लाखदेखि ७३ लाखसम्म

नाडा अटो शोमा बिवाइडीका नयाँ तीन ब्रान्डका इभी गाडी सार्वजनिक, मूल्य २८ लाखदेखि ७३ लाखसम्म

  • काठमाडौं । विद्युतीय सवारीसाधनमा ख्यातिप्राप्त कम्पनी बिवाइडी (BYD) ले नाडा अटो मेलामा आफ्ना नयाँ ब्रान्डका गाडीहरु सार्वजनिक गरेको छ। कम्पनीले स्टलमा बिवाइडी अट्टो १, बिवाइडी अट्टो २, र बिवाइडी शिलिअन ७ ब्रान्डका गाडीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखेको हो।

    मूल्य विवरण

    • बिवाइडी अट्टो १ – दुई भेरियेन्टमा उपलब्ध

      • न्यूनतम मूल्य : २८ लाख ९५ हजार रुपैयाँ

      • अर्को भेरियेन्ट : ३२ लाख ९९ हजार रुपैयाँ

    • बिवाइडी अट्टो २ – ४३ लाख ९९ हजार रुपैयाँ

    • बिवाइडी शिलिअन ७ – ७२ लाख ९९ हजार रुपैयाँ

    कम्पनीका सिनियर सेल्स अफिसर निरञ्जन खनालका अनुसार नाडा अटो शोको तेस्रो दिनसम्म आइपुग्दा बिवाइडीका २ सयभन्दा बढी युनिट गाडी बुकिङ भइसकेका छन्।

    विशेष अफर

    नाडा अटो शोमा गाडी बुक गर्ने तथा खरिद गर्ने ग्राहकका लागि कम्पनीले विशेष सुविधा उपलब्ध गराएको छ।

    • २ वटा चार्जर निःशुल्क – ७ किलोवाट र २.३ किलोवाट क्षमताका

    • १ वर्षको अटो कष्ट इन्स्योरेन्स

    • बिवाइडी एप १० वर्षसम्म निःशुल्क प्रयोग

    • १० वर्ष वा २ लाख किलोमिटरसम्म ब्याट्री र मोटर वारेन्टी

    बजारमा पहिल्यै उपलब्ध अन्य ब्रान्डका गाडीहरुसहित नयाँ मोडलको सार्वजनिकताले बिवाइडीको इभी बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij