Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

इजरायली प्रधानमन्त्री नेतन्याहूले हमाससँग बन्धक रिहाइको शर्तमा वार्ता प्रस्ताव, नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको आशा

इजरायली प्रधानमन्त्री नेतन्याहूले हमाससँग बन्धक रिहाइको शर्तमा वार्ता प्रस्ताव, नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको आशा

  • काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको नियन्त्रणमा रहेका सबै बन्धकहरूको रिहाइ गर्ने शर्तमा हमाससँग निर्णायक वार्ता गर्ने प्रस्ताव गरेका छन्। यस कदमसँगै नेपाली विद्यार्थी विपीन जोशी जीवित अवस्थामा हमासको कब्जाबाट रिहा हुने आशा पलाएको छ।

    अन्तर्राष्ट्रियस्तरमा र देशभित्रै युद्धको तीब्र विरोध भइरहेका बेला नेतन्याहूले बिहीवार राति कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासको कब्जामा रहेका सबै बन्धक रिहा गर्ने शर्तमा वार्ता गर्ने र युद्धविराम प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिएका समाचार माध्यमहरूले जनाएका छन्।

    सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दा करिब १२०० जनाको ज्यान गएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो। अरुलाई विभिन्न समयमा रिहा गरिए पनि अझै करिब ५० जना बन्धक हमासको कब्जामा रहेका छन्। तीमध्ये २० जना अझै जीवित रहेको र त्यसमध्ये एक जना विपीन जोशी हुन सक्ने इजरायली अधिकारीहरूले बताएका छन्।

    स्मरण रहोस्, विपीनको रिहाइको माग गर्दै केही दिनअघि इजरायल पुगेकी उनकी आमा पदमा र बहिनी पुष्पा जोशीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च अधिकारीसँग भेटेर फर्किसकेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij