Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

एक वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो, अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत वृद्धि

एक वर्षमा १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो, अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत वृद्धि

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

    २०८२ साल असार महिनामै मात्र १८९ अर्ब ११ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा भित्रिएको ११७ अर्ब ७८ करोडभन्दा उल्लेखनीय रूपमा बढी हो।

    समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि दर १४.५ प्रतिशत थियो।

    यस अवधिमा खुद द्वितीय आय (Net Transfer) पनि बढ्दै १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष यो १५ खर्ब ७१ अर्ब २४ करोड थियो।

    वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या ५,०५,९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने संख्या ३,३३,३०९ पुगेको छ। अघिल्लो वर्ष यो संख्या क्रमशः ४,६०,१०२ र २,८१,१९५ मात्र थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij