Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

असोज पहिलो सातादेखि दशैंका लागि सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने

असोज पहिलो सातादेखि दशैंका लागि सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने

  • काठमाडौं । नेपालीहरुको महान पर्व दशैंका अवसरमा गाउँ जाने यात्रुहरुलाई सहज बनाउन आगामी असोजको पहिलो सातादेखि सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

    प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैं मान्न काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको भीड बढ्ने भएकाले अग्रिम टिकट व्यवस्थापन गरिने भएको हो। विशेषगरी, उपत्यकामा विभिन्न पेशा र व्यवसाय गर्ने व्यक्तिहरु दशैंका बेला गाउँ जाने भएकाले यातायात व्यवस्थापनलाई सहज बनाउन बुकिङ खुलाइने जनाइएको छ।

    यसपालीको बिजयादशमी आगामी असोज १६ गते परेको छ। दशैंका लागि अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने निश्चित भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

    ‘अहिले औपचारिक छलफल बाँकी छ, तर असोज ५ वा ६ गतेसम्म बुकिङ खुल्नेछ,’ उनले भने, ‘यस वर्ष पनि यात्रुले टिकट नपाउने अवस्था रहँदैन, यात्रुलाई सुरक्षितरूपमा गन्तव्यमा पुर्याइनेछ।’

    प्रत्येक वर्ष दशैंका समयमा मात्र काठमाडौं उपत्यकाबाट २५ लाखभन्दा बढी यात्रुहरु गाउँ फर्किने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij