
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाए अनुसार आइतबार अख्तियारले सर्वोच्चमा विशेषको सो फैसला उपर पुनरावेदन निवेदन दर्ता गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेषले अर्यालसहितलाई सफाइ दिएको थियो ।
३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी दायर मुद्दाको उक्त फैसला चित्त नबुझेको भन्दै अख्तियारले पुनरावेदन दिएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij