
काठमाडौं । विशेष अदालतले श्रृङखलाबद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलसँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा उनले करिब १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप छ । विशेष अदालतको आदेशका कारण मात्रै उनी थुनामुक्त हुन पाउने छैनन् । कारण यसअघिका अरु भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउन आदेश भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij