Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

विदेशी शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

विदेशी शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

  • काठमाडौँ । नेपालभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि उच्च शिक्षाका लागि ठूलो मात्रामा रकम विदेशिने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ। अघिल्लो वर्ष यो रकम एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ थियो।

    केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले बढ्दै दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ मात्र थियो।

    आव २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँ घाटा भएको छ, जुन अघिल्लो वर्षको ५५ अर्ब ८६ करोड रुपैयाँ घाटा भन्दा उल्लेख्य वृद्धि हो।

    यस्तै, समीक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतले बढ्दै ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij