Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

अर्थमन्त्रालय मातहत ९० अधिकारीको जिम्मेवारी हेरफेर, भन्सार विभागमा पुनः परिवर्तन

अर्थमन्त्रालय मातहत ९० अधिकारीको जिम्मेवारी हेरफेर, भन्सार विभागमा पुनः परिवर्तन

  • काठमाडौं । अर्थमन्त्रालय मातहतका ९० जना शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। गत सातामात्रै उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीको सरुवा भएको अवस्थामा फेरि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा व्यापक जिम्मेवारी हेरफेर गरिएको हो।

    यस क्रममा रसुवागढी भन्सार कार्यालयका रविन्द्र प्याकुरेललाई आन्तरिक राजस्व विभागमा ल्याइएको छ भने ठूला करदाता कार्यालय ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ। यस्तै दर्जनौं अधिकृतहरूको जिम्मेवारी फेरबदल भएको छ।

    यसअघि पनि सहसचिव र उपसचिव तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको थियो। उदाहरणका लागि, वीरगञ्ज भन्सारका प्रमुख राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर, उनको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको थियो।

    अर्थमन्त्री पौडेलले मन्त्रालय सम्हालेको करिब एक वर्षमै भन्सार विभागमा चार जना महानिर्देशक फेरिसकेका छन्। ढुण्डीराज निरौलाबाट सुरु भएको फेरबदलमा क्रमशः हरिशरण पुडासैनी, महेश भट्टराई र हाल श्याम भण्डारीलाई जिम्मेवारी दिइएको छ। भट्टराई पौडेलका विश्वासपात्र मानिए पनि उनलाई पनि ६ महिनामै हटाइएको हो।

    त्यसैगरी, सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ। भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागमा लगिएको छ भने ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

    बजेट कार्यान्वयनको संवेदनशील समयमै अर्थमन्त्रालय मातहत यति व्यापक हेरफेर हुँदा नीति तथा कार्यक्रम प्रभावित हुने खतरा बढेको जानकारहरूले चेतावनी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij