Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

उखु किसान महासंघद्वारा माइतीघरमा शान्तिपूर्ण धर्ना, अनुदान र मूल्य निर्धारणमा माग

उखु किसान महासंघद्वारा माइतीघरमा शान्तिपूर्ण धर्ना, अनुदान र मूल्य निर्धारणमा माग

  • काठमाडौँ । उखु किसान महासंघ संघर्ष समितिले माइतीघरमा शान्तिपूर्ण धर्ना दिएका छन्। उनीहरूले सरकारलाई २०६६ सालदेखि दिँदै आएको उखुको अनुदान कटौती नगरी निरन्तरता दिनुपर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानको लागि बजेट विनियोजन गर्नुपर्ने माग राखेका छन्।

    साथै, २०८१–८२ मा बिक्री गरिएको उखुको अनुदानबापत पाउनुपर्ने एक अर्ब ६० करोड रुपियाँ तुरुन्त भुक्तानी गर्नुपर्ने र उखुको मूल्य निर्धारण गर्दा किसान, उद्योगी तथा सरकारबीच छलफल गरी मूल्य तय गर्नुपर्ने जस्ता मागहरू प्रस्तुत गरिएको छ।

    उखु किसानहरूले शान्तिपूर्ण रूपमा धर्ना दिँदै आफ्नो माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij