Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

वीरगञ्जमा हैजाका सङ्क्रमित ९३ पुगे, ३४४ बिरामी अस्पतालमा

वीरगञ्जमा हैजाका सङ्क्रमित ९३ पुगे, ३४४ बिरामी अस्पतालमा

  • वीरगञ्ज।वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ। सोमबारसम्म यहाँ हैजा संक्रमित हुनेको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

    आइतबार बेलुकासम्म ७१ जनामा हैजा पुष्टि भए पनि थप संक्रमित भेटिएसँगै सङ्ख्या ९३ पुगेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।

    नारायणी अस्पतालमा आरडिटी जाँच गर्दा ३२ जनामा, तराई अस्पतालमा ३२ जनामा, नेशनल मेडिकल कलेजमा १२ जनामा र भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर तथा मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजा पुष्टि भएको छ। अर्ली अर्थाे अस्पतालमा दुई जना र अन्य निजी अस्पतालहरूमा समेत एक/एक जना बिरामी भेटिएका छन्।

    हालसम्म झाडापखाला तथा हैजाका बिरामीको कुल सङ्ख्या ३४४ पुगेको छ। तीमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियुमा र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij