Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

नयाँ नोट छाप्न राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

नयाँ नोट छाप्न राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको हस्ताक्षरमा एक हजारको नोट छाप्ने प्रक्रिया सुरु भएको छ ।मन्त्रिपरिषद्बाट गभर्नर पौडेलको हस्ताक्षरमा नयाँ  नोट छाप्ने प्रस्ताव अनुमोदन भएपछि यो प्रक्रिया सुरु भएको हो ।

    प्रक्रिया अगाडि बढाउँदै राष्ट्र बैंकले एक हजार दरको नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले छाप्न लागेको ४३ लाख थान नयाँ नोट डिजाइन, छपाइ, आपूर्ति र वितरण कार्यको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।इच्छुक कम्पनीले उक्त नोट छाप्न अक्टोबर ९ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन् । बोलपत्र राष्ट्र बैंकको थापाथली स्थित बैंकिङ विभागमा पेस गर्नुपर्ने जनाइएको छ ।
    योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij