Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

दशैं–तिहार अघि बजारमा आयोडिनयुक्त नुनको अभाव, उपभोक्ता ३० रुपैयाँसम्म तिर्न बाध्य

दशैं–तिहार अघि बजारमा आयोडिनयुक्त नुनको अभाव, उपभोक्ता ३० रुपैयाँसम्म तिर्न बाध्य

  • काठमाडौँ । दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा बजारमा आयोडिनयुक्त नुनको अभाव देखिन थालेको छ। खुद्रा व्यापारीहरुले नुनको सर्टेज भएको भन्दै उपभोक्तालाई फर्काउने गरेका छन्।

    पछिल्ला दिनमा अधिकांश किराना तथा स्टोरमा नुन नपाएको उपभोक्ता गीता कँडेलले बताइन्। ‘ठूला स्टोरमा समेत नुन छैन, व्यापारीले सर्टेज भएको भन्दै फर्काउँछन्,’ उनले भनिन्।

    व्यापारीहरुले भने नुनको बिक्रीबाट नाफा नआउने भएकाले राख्न छाडेको दाबी गरेका छन्। गत २०८१ असार १८ मा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुनको मूल्य १७ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्याएको थियो।

    तर, खुद्रा पसलहरुले बिक्री गर्न छाडेपछि कतिपय व्यापारीले अभावको फाइदा उठाउँदै एक पोका नुनको मूल्य ३० रुपैयाँसम्म लिने गरेका छन्। किराना तथा खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यका अनुसार नुनमा नाफा नहुने भएकाले व्यापारीले राख्न छाड्दा बजारमा अभाव भएको हो।

    यसैबीच, बजारमा नुनको अभाव र व्यापारीद्वारा उपभोक्ता ठगिँदा समेत सरकारले अहिलेसम्म कुनै चासो नदेखाएको उपभोक्ताले गुनासो गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij