Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

एनआइएमबि एस क्यापिटल,Pioneer Law Associates र ICRA Nepal द्वारा  “Road to IPO” कार्यक्रम सम्पन्न

एनआइएमबि एस क्यापिटल,Pioneer Law Associates र ICRA Nepal द्वारा  “Road to IPO” कार्यक्रम सम्पन्न

  • काठमाडौं ।  NIMB Ace Capital Limited ले Pioneer Law Associatesर ICRA Nepal Limited  सँगको सहकार्यमा २९ अगस्त २०२५ मा Hotel Aloft Kathmandu मा "Road to IPO”   नामक कार्यशालामा सफलतापूर्वक आयोजना गरेको थियो । उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशन (Initial Public Offering) को प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । 

     शिवान्त बहादुर पाँडेले   गरे । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दीर्घकालिन रणनीतिलाई आकार  दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए । 
    Pioneer Law Associates का Managing Partner  अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे । NIMB ACE Capital Limited का DCEO  सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे । यसका अतिरिक्त ICRA Nepalका  Rating Division  का प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे ।
    यस पहलकदमी मार्फत NIMB Ace Capital र Pioneer Law Associates  ले वित्तीय साक्षरता प्रवद्र्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने, र नेपाली व्यवसायहरुलाई सूचिकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पूनः पुष्टि गरे । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij