Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

धौलागिरी लघुवित्तको संस्थापक र कर्मचारीतर्फको शेयरको लकइन भदौ १९ गतेपछि सकिँदै

धौलागिरी लघुवित्तको संस्थापक र कर्मचारीतर्फको शेयरको लकइन भदौ १९ गतेपछि सकिँदै

  • काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापकतर्फको २ लाख १ हजार कित्ता र कर्मचारीतर्फको २ हजार कित्ता शेयरको लकइन अवधि यही भदौ १९ गतेपछि समाप्त हुने भएको छ।

    कम्पनीसँग मर्जर भएको साविक खप्तड लघुवित्त वित्तीय संस्थाले २०७९ भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो भने भदौ २० गते बाँडफाँट गरेको थियो। सो मितिबाट तीन वर्षसम्म यी शेयर लकइनमा रहेका थिए।

    लकइन अवधि समाप्त भएपछि यी शेयर बजारमा कारोबारयोग्य हुनेछन्। तर, कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने पद बहाल रहुन्जेल र अवकाशप्राप्त भएको मितिले एक वर्षसम्म आफ्ना शेयर किनबेच गर्न नपाउने व्यवस्था कायम रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij