Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

प्रहरीद्वारा गोंगबुमा छापामारी ४ करोड बरामद, एक जना पक्राउ, अनुसन्धान जारी

प्रहरीद्वारा गोंगबुमा छापामारी ४ करोड बरामद, एक जना पक्राउ, अनुसन्धान जारी

  • काठमाडौँ । राजधानीको गोंगबु टाउन प्लानिङस्थित एक घरमा छापा मार्दा ४ करोड बरामद गरिएको छ ।मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मार्दा सो परिमाणमा रकम बरामद गरिएको हो ।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले सार्वजनिक गरेको जानकारी अनुसार सो क्रममा प्रहरीले गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । घटनास्थलमा काठमाडौँका प्रहरी प्रमुख विश्व अधिकारी समेत पुगेको र यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij