Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन भदौ १९

जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन भदौ १९

  •  

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि निष्कासनमा ल्याएको ६५ प्रतिशत हकप्रद शेयर खरीद गर्ने अन्तिम मिति आउँदो भदौ १९ गते, बिहीवार तोकिएको छ। कम्पनीले हाल कायम ३७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो।

    यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार, असार ५ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउनेछन्। हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। साथै, कम्पनीको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, र मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    हकप्रद शेयर निष्कासनका लागि प्राप्त रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई  प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

    यस हकप्रद शेयरको बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले विभिन्न बैंकबाट लिएका कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।

    नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हाल कायम चुक्ता पूँजीका आधारमा १ बराबर ०.६५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले यसका लागि २०८० साल मंसिर २० गते बोर्डमा निवेदन दर्ता गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij