Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

XPENG  २०२५ भित्र ६० देशमा विस्तार,नेपालको विद्युतीय सवारी बजारमा

XPENG  २०२५ भित्र ६० देशमा विस्तार,नेपालको विद्युतीय सवारी बजारमा

  • काठमाडौं, नेपाल – विश्वव्यापी ईभी (EV) नवप्रवर्तक XPENG ले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई अझ गति दिँदै यस वर्षकै अन्त्यसम्म ६० देशमा आफ्नो उपस्थिति पुर्याउने र ३०० भन्दा बढी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य अघि सारेको छ।

    यो महत्वाकांक्षी योजनाले ह्एभ्ल्न् को मूल दृष्टिकोण–‘विश्वभर प्रिमियम विद्युतीय मोबिलिटी सहज रूपमा उपलब्ध गराउने’–लाई अझ मजबुत ढंगले प्रस्तुत गर्दछ, जहाँ नेपाललाई विशेष प्राथमिकतामा राखिएको छ।सन् २०१४ मा स्थापना भएको ह्एभ्ल्न् ले अत्याधुनिक प्रविधि, तीव्र चार्जिङ सुविधा र स्मार्ट ड्राइभिङ प्रणालीका कारण छोटो समयमा नै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएको छ। 

    कम्पनीका XPENG हे सिआओपेंगले हालै दिएको वक्तव्यमा, सन् २०३३ सम्म कम्पनीको कुल बिक्रीमध्ये आधा हिस्सा अन्तर्राष्ट्रिय बजारबाट हुने प्रक्षेपण गर्दै, “आगामी स्मार्ट मोबिलिटी युगको नेतृत्व गर्ने XPENG को महत्वाकांक्षा प्रष्ट पारे।नेपालका लागि यो विस्तारले विश्वसनीय सेवा, छिटो प्रविधि अपडेट, र युरोप तथा एशियामा उपलब्ध समानस्तरको विश्वस्तरीय ईभी अनुभव ल्याउनेछ। 

    XPENG G6जस्ता मोडेलहरूले नेपाली बजारमा डिजाइन र प्रदर्शनको नयाँ मानक स्थापित गरिसकेका छन्, जसले नेपाली उपभोक्तालाई विश्वव्यापी प्रविधि र गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडेका छन्। संसारभर विद्युतीय यातायाततर्फको यात्रामा XPENG को बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिले कम्पनीलाई मात्र सफलताको शिखरमा पुर्याउने छैन, यसले नेपालकै विद्युतीय मोबिलिटी यात्रामा पनि महत्वपूर्ण टेवा पुर्याउनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij