
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन भदौ २९ गतेदेखि गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर जारी गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट स्वीकृति पाएअनुसार कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ चुक्तापूँजीमध्ये ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्नेछ। यसमध्ये २ प्रतिशत अर्थात २ लाख ६१ हजार ६२९ कित्ता शेयर चितवनको रत्ननगर नगरपालिका क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
त्यस्तै, थप १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन हुनेछ। दुबै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका लागि आईपीओ असोज १२ गतेसम्म ९ढिलोमा असोज २७० खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज १ गतेसम्म ९ढिलोमा असोज १२० आवेदन दिन सकिनेछ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर डबल बी रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। प्रभु क्यापिटल लिमिटेड आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। स्थानीयले आवेदन कम्पनीको कार्यालय चितवन, प्रभु क्यापिटल काठमाडौँ, प्रभु बैंकका सौराहा र टाँडी शाखाबाट साथै अनलाइनमार्फत दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने स्वीकृत सि–आस्बा सदस्य बैंक, वित्तीय संस्था र मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँ पुग्नेछ। हाल कम्पनीको ६० प्रतिशत स्वामित्व संस्थापक शेयरधारकको नाममा छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij