
काठमाडौँ । देशभर जेनजी पुस्ताले सोमबार सरकार विरुद्ध प्रदर्शन गरेका छन् । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका हुन् । संघीय राजधानी काठमाडौँको माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका छन् ।
अहिले त्यहाँ युवाहरूको भिड बढिरहेको छ । युवाहरू कलेज ड्रेस लगाएर प्लेकार्डसहित मण्डलामा सहभागी भइरहेका छन् । बिहान ११ बजेदेखि मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ । जेनजी पुस्ताले पोखरा, बुटवल , दाङ लगायतका सहरमा प्रदर्शन गरेको खबर प्राप्त भएको छ ।
सरकारले फेसबुक, ह्वाट्अप, ट्विटर(एक्स) लगायतका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । उनीहरूको प्रसारण रोकिएको छ । त्यसको विरोधमा जेनजी पुस्ताले प्रदर्शन गर्ने घोषणा गरे अनुरुप प्रदर्शन गरिरहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij