Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

जीएसटी कटौतीको बाढीले नेपाली बजारमा कालोधनको धन्दा  बढाउने आशंका

जीएसटी कटौतीको बाढीले नेपाली बजारमा कालोधनको धन्दा  बढाउने आशंका

  • काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वस्तु तथा सेवा कर (जीएसटी) स्ल्याबमा कटौती गरी जनतालाई दिन लागेको दिपावली बम्पर उपहारले नेपालमा कालोधनको धन्दा बढाउने आशंका गरिएको छ ।भारतीय बजारमा दैनिक उपभोग्यका मालवस्तु सस्तो हुँदा नेपाली बजारमा त्यसको तस्करी बढ्ने भएर यस्तो आशंका गरिएको हो ।

    तस्करी रोक्न तैनाथ गरिएको सुरक्षाकर्मीहरूले यसअघि नै तस्करी रोक्न नसकेकाले राजस्व असुली नभएको जवाफ अर्थमन्त्रालयको बैठकमा दिएका थिए ।  खुला सीमा होस् वा बन्द नाका होस् बाढीले कसैलाई बाँकी नराख्ने दुवैतर्फका व्यवसाय विज्ञहरूको भनाइ रहेको छ ।  इमानदार उद्योगी व्यवसायीहरू यसबाट मर्कामा पर्ने भएकाले उनीहरू चिन्तित भएका छन् । 

    मोदीको घोषण पछि वस्तु तथा सेवा कर ( जीएसटी)का चार स्ल्याबलाई दुई स्ल्याबमा समायोजन गरिएको छ । जिएसटी दर भारत सरकारले ५ र १८ प्रतिशत कायम गरेको छ । यसअघि ५, १२, १८ र २८ प्रतिशत गरी चार स्ल्याब राखिएको थियो ।

    यसरी जीएसटी दर घटेपछि त्यहाँ दैनिक उपभोग्य वस्तु समेत सस्तो हुने देखिएको छ ।  नेपाली बजारमा ती सस्तो मूल्यको मालवस्तुको बाढी आउन सक्ने छ । अनौपचारिक बाटोमा वा तस्करी बढ्ने छ।  भन्सार नाकामा ठुला व्यापारीहरूको ‘नेमकोड’ चलेको हुन्छ । चेकजाँचमा बसेकाहरूसम्मलाई थाहा हुन्छ । उनीहरूले ठुलाहरूको मालवस्तु नेमकोड सुन्ने बित्तिकै छाडिदिने गरिब, विपन्नका परिवारले ल्याउन मालसमान समातेर हुलहुज्जता जाँचकीहरूले गर्ने गरेको विज्ञ पर्यवेक्षकहरूको भनाइ छ ।

    सीतामढी क्षेत्रका एक व्यापारी भन्छन् ,‘ व्यापारमा घाटा नाफा दुवै हुन्छ । जोखिम मोलेरै व्यापार गरिन्छ । यस्तो अवसर हरेक समय आउँदैन् । यस्तै नीतिगत परिवर्तनका बेला हुन्छ । दश पटक माल काठमाडौँसम्म पुगेर एक पटक समातिएर नै गयो भने के हुन्छ ? फेरि समातिने भनेको सिन्डिकेटमा कोही नयाँ छिरेर आएको बेला  हुने हो ।’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँ भरका नेताहरूलाई तर्साउन अपनाएको अतिरिक्त भन्सार महसुल (ट्यारिफ)को डण्डा भारतमाथि चलाएपछि त्यसको उपाय खोज्न भारत सरकारले जीएसटी घटाएर आन्तरिक खपत बढाउने नीति लियो । यसले भारतमा दैनिक उपभोग्य वस्तु पहिलेको भन्दा सस्तो बनाइ दिने भएको छ । 

    भारतको वस्तु तथा सेवा कर (जीएसटी) २०१७ देखि चलनमा थियो । करिब ८ वर्षपछि भारतले यो दर घटाएको हो । भारतमा अब ५ र १८ प्रतिशत मात्र जीएसटीका दरहरु कायम हुनेछन् । यसअघिका १२ प्रतिशत र २८ प्रतिशतका स्ल्याबहरूलाई भाँचिएको छ ।

    यसबाहेक महँगा गाडी, चुरोट र सुर्तीजन्य वस्तुमा भने ४० प्रतिशत विशेष स्ल्याब प्रस्ताव गरिएको छ । यी नयाँ दरहरू सेप्टेम्बर २२ देखि लागु हुने जनाइएको छ । दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य बीमा, होटल र हवाई टिकट, कृषि उपकरण, ट्रयाक्टर र मल–विषादी जस्ता सामग्री सस्तो हुने आकलन गरिएको छ । दाँत मञ्जन, साबुन, स्याम्पु, दूध, घ्यू, पनीर, आइसक्रिम, बिस्कुटदेखि जीवनरक्षक औषधि र चश्मासम्ममा जीएसटीको दर घटाइएकाले यी वस्तुहरू सस्तिने छन् ।

    त्यसैगरी सिमेन्ट, मोटरसाइकल (३५० सीसीभन्दा कम), साना हाइब्रिड कार र अटो पार्टपुर्जामा पनि दर कम गरिएको छ । अब यी सबै वस्तु सस्ता हुनेछन् ।त्यतिखेरका सेतो नभएका कालोधनले पनि यस्तो अवसरमा उपयोग हुने उनीहरूको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij