
काठमाडौँ । कामना सेवा विकास बैंकले १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.७९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको जनाएको हो ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को नाफा तथा विगतको सञ्चित नाफा समेतबाट सेयरधभनीलाई उक्त लाभांश दिने निर्णय ग¥यो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५.७९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश वितरण योजना स्वीकृत गरे तथा बैंकको आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीलाई वितरण हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij