काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले शेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हाल कायम चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस र लाभांश लाग्ने कर समेत गरी ९.७५ प्रतिशत गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले घोषणा गरेको हो। साथै बैंकले अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरिएको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने जनाइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij