
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको छ ।सुरुमा काठमाडौँको बानेश्वर क्षेत्रमा मात्र लगाएको कर्फ्यु विस्तार गरेको हो । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।
आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij