Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

काठमाडौँमा सेनाको गस्ती तीव्र,आवश्यक कामबिनै बाहिर ननिस्कन सेनाको आग्रह

काठमाडौँमा सेनाको गस्ती तीव्र,आवश्यक कामबिनै बाहिर ननिस्कन सेनाको आग्रह

  • काठमाडौँ । मंगलबार सम्पन्न जेनजी आन्दोलनका क्रममा सार्वजनिक संरचनामा भएको क्षतिपछि राजधानीका सडकमा नेपाली सेनाले गस्ती बढाएको छ। राति १० बजेदेखि सेना र अन्य सुरक्षा निकायहरू सक्रिय रूपमा परिचालित भएका छन्।

    सैनिक टोलीहरूले घर वा गल्लीबाहिर निस्किएका नागरिकलाई आवश्यक कारणबिनै बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेका छन्। तर, आकस्मिक सेवामा खटिएका व्यक्तिहरूलाई भने परिचयपत्र जाँचपछि आवतजावतको अनुमति दिइएको छ।

    यसैबीच, प्रदर्शनकारीहरूले आगो लगाएको संसद् भवन क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ। यस्तै, अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेनाको उपस्थिति थप सुदृढ गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij