Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

आज हुने वार्ता : प्रदर्शनरत युवा र सेनाबीच नयाँ सरकार र संसद् विघटनबारे छलफल

आज हुने वार्ता : प्रदर्शनरत युवा र सेनाबीच नयाँ सरकार र संसद् विघटनबारे छलफल

  • काठमाडौँ । प्रदर्शनरत युवा आन्दोलनकारी र नेपाली सेनाबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति आन्दोलनकारीका प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफल सम्पन्न भएको थियो।

    आजको वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनाव जस्ता मुख्य विषयमा छलफल हुने बताइएको छ। आन्दोलनरत युवाहरूले राजनीतिक दलहरूलाई सत्ताबाट हटाएर नागरिक सरकार बनाउनुपर्ने माग अघि सारेका छन्।

    यसैबीच, काठमाडौंका मेयर बालेन शाहले संसद् विघटनको सर्तमा वार्तालाई समर्थन जनाएका छन्। सेनाले भने प्रदर्शनकारीहरूलाई संयमित रहन र संवादमार्फत समाधान खोज्न आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij