Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार

  • काठमाडौँ।अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्। जेन-जी पुस्ताको भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माण सम्बन्धी वार्ताका लागि प्रधानसेनापति अशोक सिग्देलसँग सम्पर्क गर्न कार्कीलाई अगाडि बढाउने निर्णय गरिएको थियो।

    भेटघाटको क्रममा पाँच घण्टाभन्दा लामो समयसम्म चलेको भर्चुअल बैठकबीच टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश पठाएकी हुन्। बैठकका एक सदस्यले जानकारी दिँदै भने, “उहाँ तयार भइसकेपछि अब हामी प्रधानसेनापतिसँग वार्ताका लागि जाऊँ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij