Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

गभर्नर डा. विश्व पौडेलको गुनासो : “मेरो रिस वृद्ध बाआमामाथि पोखियो”

गभर्नर डा. विश्व पौडेलको गुनासो : “मेरो रिस वृद्ध बाआमामाथि पोखियो”

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफूले कसैसँग एक रुपैयाँ नलिएको दाबी गर्दै आफ्ना वृद्ध आमाबाबु बस्ने घरमा आक्रमण भएकोप्रति दुःख व्यक्त गरेका छन्।

    चितवनस्थित घरमा भएको आक्रमणको भिडियो शेयर गर्दै उनले ८२ वर्षीया कान कम सुन्ने आमाको कोठामा पहिलो आक्रमण गरिएको बताएका छन्। उनका अनुसार, ८७ वर्षीय बुबा र आमासँग भेट गर्न आफू गभर्नर भएपछि पनि प्रत्येक हप्ता एकछाक खान घर पुग्ने गर्थे।

    डा. पौडेलले आफूले कहिल्यै कसैसँग पैसाको अपेक्षा नगरेको भन्दै स्मरण गरे — “चितवनमा सधैं कक्षामा फस्ट हुन्थेँ, गाउँकै सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ। म नेपालमै बसेर केयुमा प्राध्यापक भएँ। यो घर विद्यार्थी हुँदा, झन्डै १५ वर्ष अघि नै बनाइएको हो।”

    उनले थपे — “मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।”

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij