Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सेना र जेनजीका तर्फबाट शुसिला कार्कीबीच वार्ता हुँदै

सेना र जेनजीका तर्फबाट शुसिला कार्कीबीच वार्ता हुँदै

  • काठमाडौं । अन्तरिम सरकारको नेतृत्वबारे निर्णायक छलफल आज हुने भएको छ। नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जी प्रतिनिधिहरूबीच वार्ता तय भएको छ।

    जेन–जी पुस्ताका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारका रूपमा टुंगो लगाइसकेका छन्। आजको छलफलले त्यसलाई औपचारिकता दिने तयारी रहेको बुझिएको छ।

    कार्की निकट स्रोतका अनुसार पहिले सेनासँग वार्ता हुनेछ र त्यसपछि राष्ट्रपति पौडेलसँग छलफलमार्फत अन्तिम सहमति खोजिनेछ। राष्ट्रपति पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले बिहीबार बिहानदेखि नै जेन–जी प्रतिनिधिसँग संवाद अघि बढाउने तयारी गरेका छन्।

    यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सुशीला कार्कीको नाममा समर्थन जनाएकाले उनी जेन–जी पक्षको एकमात्र उम्मेदवारका रूपमा देखिएकी छिन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij