Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बन्दीपुर केवलकार आईपीओ बाँडफाँट स्थगित, नयाँ मिति अवस्था सामान्य भएपछि घोषणा गरिने

बन्दीपुर केवलकार आईपीओ बाँडफाँट स्थगित, नयाँ मिति अवस्था सामान्य भएपछि घोषणा गरिने

  •  

    काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट भदौ २५ गते गर्ने तयारीमा थियो, तर मुलुकको वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै बाँडफाँट स्थगित गरिएको छ। विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार, अवस्था सामान्य भएपछि नयाँ मिति तय गरी बाँडफाँट गरिनेछ।

    कम्पनीले भदौ ११ देखि १५ गतेसम्म थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट भइसकेको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ करोड ६६ लाख रुपैयाँ बराबरको ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको ५ लाख २९ हजार ४०० कित्ता शेयर बाँडफाँट गरिएको थियो।

    यस्तै, कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता शेयर बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०।७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो। दोस्रो चरणमा थप सर्वसाधारण लगानीकर्ताका लागि ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ जारी गरिएको छ।

    बन्दीपुर केवलकार परियोजना २०८१ साल जेठ ३१ गतेबाट व्यवसायिक रूपमा सञ्चालनमा आएको हो। यस परियोजनाको कुल लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij