Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै

देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै

  • काठमाडौं ।Gen-Z आन्दोलनका कारण सिर्जित अशान्ति र कारागार विद्रोहसँगै देशभरका विभिन्न जेल तथा बाल सुधार गृहबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन्। नेपाल प्रहरीका अनुसार हालसम्म १४ हजार ३०७ कैदीबन्दी भागेका छन्।

    प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेकामध्ये १,४५५ जनालाई पुनः नियन्त्रणमा लिइएको छ भने अझै १२ हजार ८५२ जना फरार छन्। यस्तै ५७३ जना थुनुवाको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।

    विभिन्न ठाउँका घटना

    • डिल्लीबजार कारागार : कैदी भाग्ने प्रयासपछि स्थिति तनावग्रस्त।

    • तुलसीपुर कारागार : १२५ भाग्दा सेनाले ९७ जनालाई नियन्त्रणमा लियो।

    • कपिलवस्तु : ४०० भन्दा बढी कैदी भागे।

    • विराटनगर बाल सुधार गृह : २०० भन्दा बढी भागे।

    • रौतहट कारागार : २०० भन्दा बढी भागे।

    • बझाङ : ६५ जना फरार।

    • नेपालगन्ज (नौवस्ता बाल सुधार गृह) : झडपमा ५ कैदीको मृत्यु, ७ घाइते। सो स्थलबाट १४९ कैदी र ७६ बालक भागेका छन्।

    यस्तै सिन्धुली, डोटी बाल सुधार गृह, सुनसरीको झुम्का र मोरङ कारागारमा समेत कैदी फरार हुने वा भाग्ने प्रयास भएका छन्। मोरङमा स्थिति नियन्त्रणमा लिन सेनाले हवाई फायरसमेत गर्नुपरेको थियो।

    प्रहरीको अपील

    प्रहरी प्रवक्ता घिमिरेले भने, “भागेकाहरूलाई खोज्ने उर्दी जारी भइसकेको छ। अहिले सम्पर्क विच्छेदजस्तो अवस्था छ, कतै देखिए सर्वसाधारणले सूचना दिनुहोला।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij