
काठमाडौँ । नागढुंगा सिस्नेखोलाजस्ता महत्वपूर्ण आयोजना समयमै सकाएर शून्यमा पुगेको अर्थतन्त्र उत्साह थप्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् ।जेनजी विद्रोहले शुन्य निकट पुगेको अर्थतन्त्रलाई ऊर्जावान बनाउन सकिन लागेका नागढुगा सिस्नेखोलाजस्ता महत्वपूर्ण आयोजनालाई समयमै पूरा गराउन आवश्यकता औँल्याइएको हो ।यस्तो परियोजनाले थोरै बल दिएर प्रतिफल दिन सुरु गर्ने भएकाले पर्यवेक्षकहरूले यस्तो बताएका हुन् ।
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग नयाँ वर्ष सन् २०२६बाट सञ्चालन तयारी गरिएको थियो । जेनजी विद्रोहले अनिश्चितता देखिएपछि विज्ञहरूले यस्तो सुझाउ रहेको छ । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । सिस्ने खोलातर्फ सुरुङको मुख नजिकैको पहाड सुधारको काम मात्र बाँकी रहेको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले जनाए अनुसार सुरुङबाट यातायात सञ्चालन गर्नेसम्बन्धी निर्देशिकासमेत यातायात व्यवस्था विभागबाट जारी भइसकेको थियो । अंग्रेजी नयाँ वर्षबाट सुरुङ सञ्चालनमा ल्याउने अहिलेसम्मको तयारी थियो । त्यसका लागि सुरुङभित्र जडित उपकरणको परीक्षण र त्यहाँ निर्मित भौतिक संरचनामा सवारीसाधन चलाएर हेर्ने तयारी थियो । त्यस अवधिमा जनशक्तिदेखि र सञ्चालन गर्ने निकायसमेत छानिसकिने गरी तयारीको क्रममा त्यसका लागि १५ दिनभित्र बोलपत्र आह्वान गरिसकिएको थियो । त्यसको जानकारी सर्वाजनिक गरिएको १५ दिन नपुग्दै जेनजीको विद्रोहले गम्भीर आशंका उत्पन्न गराएको सम्बद्ध स्रोतको भनाइ छ । उनीहरूले त्यतिखेर सुरुङभित्र जडित जेट फ्यान, सीसीक्यामरा, बत्तीलगायत उपकरणको अन्तिम चरणमा परीक्षणको काम भइरहेको थियो । काठमाडौंतर्फ किसिपिडीमा फ्लाइओभर निर्माणको काम पनि सकिएको थियो । सडक मार्किङको काम हुँदै गएको थियो ।
सुरुङमा गुड्ने सवारी शुल्क स्वीकृत समेत भइसकेको थियो । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि लाग्ने शुल्क मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । सडक बोर्ड नेपालको प्रस्तावमा गत साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकबाट यसलाई अनुमोदन गरिएको थियो । सो निर्णयलाई कार्यान्वयनका लागि कार्य द्रुतगतिमा बढाइएको थियो । सुरुमा कायम शुल्क दुई वर्षसम्म परिवर्तन नहुने गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराइएको सडक बोर्ड नेपालले जनाएको थियो ।प्रस्तावअनुसार कार र भ्यानलाई काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ । त्यस्तै मिनी बस–ट्रक, टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाले जनाएको थियो ।
बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान गरिएको थियो ।नागढुंगा–सिस्ने खोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ जारी भइसकेको थियो । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश नपाउने जनाइएको थियो । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिने जनाइएको थियो ।
करिब एक महिना अघिसम्म गरिएको आकलन अनुसार सुरुङमार्गको ९४.५ प्रतिशत काम सकिएको सो आयोजना ४२ महिनाभित्र सक्ने गरी २०७६ कात्तिक ४ मा निर्माण सुरु गरिएको थियो । समयमा नसकिएको सुरुङमार्ग आयोजनाको सकिन लागेको बेला जेनजी विद्रोहले देशलाई नै अन्यौल र अस्थिरतामा धकेलिदिएको छ । यसका लागि बन्ने नयाँ सरकारको जिम्मेवारी हुने पर्यवेक्षकहरूको भनाइ छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij