Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

बजेट, राजस्व र भन्सार प्रणाली सुरक्षित, छिट्टै काम सुरु गर्दै अर्थ मन्त्रालय

बजेट, राजस्व र भन्सार प्रणाली सुरक्षित, छिट्टै काम सुरु गर्दै अर्थ मन्त्रालय

  • काठमाडौं । प्रदर्शनकारीबाट तोडफोड र आगजनी भए पनि अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको अर्थ सचिव धनश्याम उपाध्यायले बताएका छन् ।

    आज मन्त्रालयमा निरीक्षणपछि उनले केही विभागमा क्षति पुगे पनि बजेट प्रणाली, राजस्व प्रणाली र भन्सार प्रणालीका तथ्यांक सुरक्षित रहेको जानकारी दिए ।
    "भौतिक रुपमा धेरै तथ्यांक नष्ट भए पनि प्रणालीगत तथ्यांक सुरक्षित भएकाले अर्थ प्रशासन तत्काल काम गर्न सक्ने अवस्थामा छ," उनले भने ।

    उनका अनुसार सरसफाइ, क्षति व्यवस्थापनलगायत कार्य सुरु भइसकेका छन् । झण्डै दुई दर्जन भन्सार र राजस्व कार्यालयमा क्षति पुगे पनि मन्त्रालयलाई छिट्टै पूर्ण रुपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

    अर्थ सचिव उपाध्यायले मुलुकको अर्थतन्त्रमा आशा र भरोसा जगाउन मन्त्रालय अहोरात्र खटिने उल्लेख गर्दै भने,
    "मूल प्रश्न भनेको निजी क्षेत्रको ठूलो क्षति हो । उनीहरुको मनोबल उठाउनु अहिलेको पहिलो काम हो । लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन बढाउने भूमिका निजी क्षेत्रकै हो । त्यसैले सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्छौं ।"

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij