Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

जेन–जी आन्दोलनमा मृतक ५१ पुग्दा २ सय ९९ जनाको उपचार जारी

जेन–जी आन्दोलनमा मृतक ५१ पुग्दा २ सय ९९ जनाको उपचार जारी

  • काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । यही भदौ २३ र २४ गते भएका प्रदर्शनमा सुरुवाती दिनमै १९ जनाको मृत्यु भएको थियो भने पछि उपचारको क्रममा थप घाइतेहरू मृत्यु भएपछि शुक्रबारसम्म मृतकको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

    मृतकमध्ये ३ जना नेपाल प्रहरी र एक भारतीय नागरिकसमेत रहेको प्रहरीले जनाएको छ ।

    यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म आन्दोलनका क्रममा घाइते भएका २ सय ९९ जनाको उपचार देशभरका ३३ वटा अस्पतालमा जारी छ । घाइतेमध्ये १ हजार ४ सय ६५ जनालाई भने उपचारपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij