Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

गभर्नर पौडेलद्वारा निजी क्षेत्रसँग आर्थिक पुनःस्थापना सम्बन्धी छलफल,उद्योगी व्यवसायीलाई सघाउने प्रतिबद्धता

गभर्नर पौडेलद्वारा निजी क्षेत्रसँग आर्थिक पुनःस्थापना सम्बन्धी छलफल,उद्योगी व्यवसायीलाई सघाउने प्रतिबद्धता

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। आन्दोलनका क्रममा ध्वस्त भएका आर्थिक गतिविधि कसरी सुचारु गर्ने भन्ने विषयमा राय सुझाव लिन उनले उद्योग–व्यवसायसँगको बैठक गरेका हुन्।

    यस क्रममा उनले नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा बैंक तथा वित्तीय संस्थाका छाता संगठनका प्रतिनिधिहरूसँग परामर्श गरेका थिए।

    छलफलमा आर्थिक पुनःसंरचना र पुनर्निर्माणमार्फत उद्योग–व्यवसायलाई पुनःस्थापना र सञ्चालनमा ल्याउने उपायहरूबारे चर्चा भएको सहभागीहरूले जनाएका छन्।

    नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, आन्दोलनका कारण प्रभावित भएका ऋणधारी तथा उद्योग–व्यवसायलाई कसरी नीतिगत सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ।

    गभर्नर पौडेलले उद्योगी व्यवसायीलाई आश्वासन दिँदै भनेका छन् कि, राष्ट्र बैंकले क्षति भएका संरचना तथा उद्योगलाई पुनःस्थापित गर्न र ऋण प्रभावित व्यवसायलाई सहयोग पुग्ने नीतिगत व्यवस्था गर्ने विषयमा सुझाव संकलन गर्दैछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij