
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबारको शपथ ग्रहणपछि देशका सबै मन्त्रालय आफैं सम्हाल्ने निर्णय गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अन्तर्गत कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनी आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न हुने गरी अन्तरिम व्यवस्थाको नेतृत्व गर्नेछिन्।
शपथ ग्रहणसँगै कार्कीले देशको प्रशासनिक जिम्मेवारी सम्हाल्दै निर्वाचनसम्म मुलुकलाई स्थिर अवस्थामा राख्ने प्रयास सुरु गरेकी छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij