Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

प्रधानमन्त्री कार्की आज सिंहदरबार प्रवेश गर्ने

प्रधानमन्त्री कार्की आज सिंहदरबार प्रवेश गर्ने

  • काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्की आइतबार बिहान ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा कार्यकक्ष प्रवेश गरी सरकारी कामकाज सम्हाल्ने भएकी छन्।

    शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि राति अबेर बालुवाटार फर्किएकी कार्की आज बिहानैदेखि सक्रिय बनेकी थिइन्। उनले जेनजी आन्दोलनमा ज्यान गुमाउनेको शव व्यवस्थापन, पीडित परिवारलाई राहत र क्षतिग्रस्त संरचनाबारे सरकारी अधिकारीसँग छलफल गरिन्।

    बालुवाटारमा भएको बैठकमा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, अर्थ सचिव घनश्याम उपाध्यायलगायत उपस्थित थिए। कार्कीले शान्ति–सुरक्षा, अर्थतन्त्र र सरकारी कोषको अवस्थाबारे जानकारी लिएर सरकारविहीनताको स्थिति हुन नदिन निर्देशन दिइन्।

    दिउँसो उनले राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललगायतका स्वास्थ्य संस्थामा पुगेर आन्दोलनमा घाइते भएका सर्वसाधारण तथा प्रहरी कर्मचारीको अवस्था बुझिन्। उनले प्रत्येक घाइतेसँग प्रत्यक्ष संवाद गर्दै उपचारप्रति सरकार संवेदनशील रहने आश्वासन दिइन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij